०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

स्मार्ट टेलिकमको, स्मार्ट ठगी

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

विराटनगर, जेठ ५
दुरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कस्टमर केयरमा आएको फोन कल होल्डमा राखेर उपोभोक्तो ब्यालेन्स काटौती गरिरहेको खुलासा भएको छ । कल रिसिभ गर्नुको सट्टा लामो समयसम्म होल्डमा राखेर स्मार्ट टेलिकमले ब्यालेन्स अनाहक कटौटि गरिरहेको उपोभोक्ताको गुनासो छ ।

स्मार्टका नव प्रयोगकर्ता काठमाडौं भैंसीपाटि निवासी दिनेश खड्काले पनि आफ्नो मैन ब्यालेन्स अनाहकमा काटौती भएको गुनासो गरेका छन् । कस्टमर केयरमा फोन गर्दा स्मार्ट टेलिकमले कल होल्डमा राखेर करिब ५४ रुपैयाँ मेन ब्यालेन्स कौटौती गरेको खड्काको गुनासो छ ।

जेठ पाचँ गते बिहान खड्काले ३ पटकसम्म कस्टमर केयरमा फोन गर्ने प्रयास गरेका थिए । उक्त ३ पटक भित्रमा करिब आधा घण्टा जती कल होल्डमा राखेर टेलिकमले खड्काको स्मार्ट सिमबाट ५४ रुपैयाँ मैन ब्यालेन्स कटौति गरेको थियो । आधा घण्टासम्म कल हल्डामा राखेतापनि स्मार्टका प्रतिनिधिहरुले भने खड्काको कल रिसिभ गरेका थिएनन् । “कल रिसिभ गर्नु थिएन भने कल उठाउनु नै हुदैन्थो, उठाइसकेको कललाई तत्काल रिस्पोन्स गर्र्नु टेलिकमको दायीत्व हाे” खड्काले भने “कल उठाएर आधा आधा घण्टासम्म होल्डमा राख्नु र त्यसको पनि ब्लालेन्स कटौती गर्नु यो त सरासर डकैती हो ।”
उता स्मार्ट टेलिकमले होल्डमा गएको कलको अन्य कल सरह ब्यालेन्स कटौती हुने बताएको छ । बिहान साढे ९ बजेसम्म कलसेन्टर बन्द रहने भएकाले कल सम्पर्क हुननसेको कम्पनीको तर्क छ । कस्टमर केयर सन्टेर बन्द हुदा कस्टरको फोन उठाएर किन होल्डमा राखिएको भन्ने प्रश्नमा भने स्मार्ट टेलिकमले कुनै प्रतिक्रिया दिएको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]