काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर बोल्न ग्राहो भएपछि रोष्टमै कुर्सी राखेर बोल्ने व्यवस्था मिलाइएको छ । आज प्रतिनिधि सभाकाे बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आफुलाई ग्राहो भएको बताउदै कुर्सीको व्यवस्था मिलाइ दिन प्र.म ओलीले आग्रह गरेका थिए । त्यसपछि उनको लागी रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको थियो ।