काठमाडौं, जेठ ६
मासिनमा गरिएको कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सतप्रतिशत सफल भएको छ । उक्त खोप एक अमेरिकी कम्पनीले निर्माण गरेको हाे । निर्माता कम्पनीको नाम बायोटेक्नोलोजी कम्पनी मोडर्ना रहेको छ । आठ जना मानिसमा गरिएको पहिलो परिक्षणमा कोरोना भाइरसलाई मार्ने एन्टीबडीको विकास भएको कम्पनीले बताएको छ ।
त्यससगै कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ ।
आगामी जुलाई महिनामा अझै धेरै मानिसहरुमा यसको परीक्षण गर्ने कम्पनीले तयारी गरेको छ । उक्त परिक्षण पनि सफल भए औषधीको प्रभावकारीता बारे ढुक्क हुनसकिने कम्पनीको भनाई छ ।
यसअघि भएका कुनै पनि टेष्टहरु सफल भएका थिएनन् । कोरोना विरुद्धको खोप बनाउन अहिले विश्वका ८० भन्दा बढी समुहहरु काम गरिरहेका छन् ।
बीबीसीबाट ।