०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

कोरोनाले भन्दा बढी अवैध मदिराले ज्यान जाने खतरा

नेपालमा
Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

काठमाडौं, जेठ ७
सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा नक्कली मदिराले व्यापकता पाएको छ । लकडाउनभर सरकारले मदिरा बिक्रिबितरण गर्न प्रतिबन्ध लगाएपछि उद्यागीहरुले समेत मदिरा उत्पादन बन्द गरेका छन् । सोही मौकाको फाईदा उठाउदै दुई नम्बरी गर्नेहरुले नक्कली मदिरा उत्पादन गरी नेपाली बजारमा सप्लाई गरिरहेका छन् । र उक्त मदिरा अहिले नेपाली बजारमा लुकाईछिपाई बिक्रिबितरण भईरहेको छ ।
समोबार, ५ सय ३० बोतल नकक्ली रक्सी सहित एक युवक विराटनगरबाट पक्राउ परेपछि नक्कली रक्सीले नेपाली बजारमा पाएको व्यापक्ताबारे खुलासा भएको हो । श्रवन मुख्या नाम गरेका २४ वर्षिय ति युवक नक्कली मदिरा बनाउने समाग्री सहित विराटनगर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । मुखियाले खासगरी सस्तो रक्सीमा रंग र क्यामिकलहरु मिसाई महंगो रक्सीको बोलतमा हालेर बिक्रिवितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
मुखियाको बयान
सबैभन्दा डरलाग्दो कुरा मुखियाले प्रहरीलाई दिएको बयान हो । मुखियाले प्रहरीलाई दिएका बयानमा बजारभरी यस्तो काम गर्ने मानिसहरु छ्याप्छ्यात रहेको बताएका छन् । नक्कली मदिरामा प्रयोग हुने रंग र क्यामिकलहरु प्राण घातक हुदछ । यदी श्रावनले भने जस्तै प्राणघातक नक्कली रक्सी बनाउने मान्छेहरु बजारमा छ्यापछ्याप्ती छन् भने त्यस्ता गिरोहलाई प्रक्राउ गरी तत्काल त्यस्तो धन्धा बन्द गराउन जरुरी छ, अन्यथा विराटनगरको हालत पनि जनकपुरजस्तै हुनेछ । गत चैत्र महिनामा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ को मुसहरी टोलमा नक्कली मदिरा सेवन गर्दा १५ जनाको मृत्यु भएको थियो ।

घरेलु मदिराले पनि प्रसय पायो
हाल सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा घरेलु मदिराको माग बढेको छ । पछिल्लो समय ठुलो मात्रामा घरेलु मदिरा उत्पादन तथा ओसारपोसार भइरहको छ । गत वैशाख २४ गते मात्र १३ सय लिटर घरेलु मदिरा सहित करोवारीहरुलाई मोरगको ग्रामथानबाट प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्यका लागी हानिकारक हुने भएकाले सरकारले घरेलु मदिरा बिक्रिवितरणमा पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

खाने मुखलाई जुंगाले छेक्दैन
राक्सी खानेलाई कसैले वा केहि कारणले पनि रोक्न सक्दैन । सक्कली नपाए नक्कली, नक्कली नपाए घरचुवा जसरी पनि सेवनकर्ताले आफ्नो डोज पुर्याउदछ । यो कुरालाई सरकारले बुझ्न जरुरी छ, लकडाउन भनेकै भरमा रक्सीको लत हट्न सक्दैन । तसर्थ यस्तो अवस्थामा सरकारले सेवनकर्ताहरुलाई सकेसम्म हानिकारक मदिरा सेवन गर्नबाट जोगाउन सक्नु पर्दछ । हानिकारक मदिरा सेवन गर्नेबाट नगारिकलाई वञ्चित गराउनु सरकारको दायीत्व पनि हो । यो दायीत्व पुरा गर्न राज्यले नक्कली र घरेलु मदिरा पुर्णरुपमा बन्द गराउन सक्नु पर्छ । र केही हदसम्म सक्कली मदिरा बिक्रि वितरण गर्न छुट  दिन पनि जरुरी देखिएको छ । किनेभने लतलागेकाहरुले सक्कली मदिरा नपाए अवैध ‍(नक्कली + घरेलु) प्राणघातक मदिरा सेवन गर्नेछन् ।
रक्सी खानेले लकडाउन बारदैनन् । सरकारले बिक्रिबितरणमा रोक लागउदैमा सेवनकर्ताहरुले रक्सी पिउन छाेड्ने हाेइनन् । सक्कली मदिरा बिक्रिवितरणमा पुर्णरुपमा बन्देज लगाउने हो भने सवेनकर्ताले अवैध हानिकारक मदिरा सेवन गर्ने पक्कापक्की नै हो ।
यो विषयमा वलैमा ध्यान नदिने हो भने नेपालमा कोभिड १९ले भन्दा बढी नक्कली रक्सीले ज्यान लिन सक्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]