०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

आईसीपी विराटनगरको सरकारी गोदाम निजि कम्पनीको कब्जामा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

विराटनगर, जेठ १५
ट्रान्स नेपाल नामक एक निजी कम्पनीले विराटनगरकाे बुदनगरमा भर्खरै निमार्ण भएको एकिकृत भन्सार जाँच चौकी (आईसीपी)काे गोदाम तथा अन्य संरचनाहरु गैर-कानुनी ढंगले भाडामा लगाएको छ । उक्त कम्पनीले कुनैपनि खाल्को आईसीपीसँग ठेक्का-सम्झौता नगरी  आईसीपीकाे गोदामहरु भाडामा लगाएको बुझिएको छ । ट्रान्स नेपालले विराटनगरकै रानीमा रहेको पुरानो भन्सार कार्यलयसँग भएको ठेक्का सम्झौता देखाउदै नँया बनेको आईपीको गोदामहरु भाडा लगाएको स्रोत बताउँदछ ।
स्रोतको प्रश्न छ “ट्रान्स नेपालले पुरानो भन्सार कार्यलयमा रहेका गोदामहरु ठेक्का पाएका हाे , सोही ठेक्का सम्झौताको आधार नयाँ आईसीपीको गादामहरु भाडामा लगाउन कसरी मिल्छ ?” उनले थपे “यसलाई यसरी बुझौं, कोेही व्यक्तीकोे दुइटा घर छः एउटा पुरानो र एउटा भर्खरै बनेको ब्राण्ड न्यू घर, अब उसका पुराना घरका भाडेदारले आएर पुरानै घर भाडाको सम्झौताको आधारमा नयाँ घरमा डेरा जमाउन मिल्छ ? नयाँ घरमा बस्नका लागी घरधनीसँग नयाँ सम्झौता गर्नुपर्यो वा पुरानै घरमा चित्त बुझाउनु पर्यो होइन त ?”

त्यति मात्र नभई ट्रन्स नेपालले आफ्ना निकटका केही गिनेचुनेका भन्सार ऐजन्टहरुलाई मात्र कार्यलय संचालन लागी नयाँ आइसीपीमा कोठाहरु उपलब्ध गराएको बुझिएको छ । त्यसबापत ति एजेन्टहरुले नयाँ आईसीपीका गोदामहरु गैरकानुनी ढंगले भाडा लागउने काममा ट्रान्स नेपालको सहयोग गरिरहेका छन् । त्यससँगै ट्रान्स नेपालले नयाँ आईसीपीमा रहेको डिस्पेसरी (स्वास्थ चेकजाच गर्ने किलिनिक) समेत व्यापारीक प्रयोग लागी व्यापारीहरुलाई भाडा लगाएको खुलासा भएको छ । उक्त गैर कानुनी ढंगले भईरहेको कामको अधिकासं भन्सार एजेन्ट अहिले विरोध गरिरहेका छन् र यो वेथितिको अन्तय नभएसम्म पछि नहट्न उनीहरुले प्रतिक्रिया दिएका छन् ।
ट्रान्स नेपालले ढुवनी, गाेदम तथा भन्सारसँग संबिनि्धत अन्य सेवाहरु व्यापारीलाइ दिदै आएकाे छ । ट्रान्स नेपाल कम्पनीका संचालक विराटनगरका उद्योगी मुकेश राठी हुन् ।

गरैकानुनी रुपमा ट्रान्स नेपालले कब्जा गरेकाे  भन्सारकाे गाेदामहरुकाे बारेमा भन्सारले कुनै प्रतिक्रिया जनाएको छन्, भन्सार प्रमुख शिव भण्डारी यस विषयमा मौन छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]