०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

तलब नदिएको भन्दै अस्पताल संचालक एवं कालोबजारी राजेश अग्रवालको घर घेराउ

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

विराटनगर, जेठ २१
पाँच महिनादेखि तलब नदिएको भन्दै विराटनगरमा रहेको श्री अस्पतालका कर्मचारीहरुले अस्पतालका संचालक राजेश अग्रवालको घर घेराउ गरेका छन् । सोमबार तलब नपाएको कर्मचारीहरु एकठित भई विराटनगरको बुद्धचौकमा रहेको संचालक अग्रवालको घर घेराउ गरेका हुन् ।
श्री अस्पतालमा हाल स्वास्थ्यकर्मी समेत गरी ४३ कर्मचारी कार्यरत्त छन् । लकडाउनको कारण आर्थिक अवस्था खस्किएकाले कर्मचारीलाई तलब दिन नसकेको संचालक अग्रवालको भनाई छ ।
आर्को तिर विगतका पाँच महिनादेखि कसैले पनि तलब नपाएकाे कर्मचारीहरुको गुनासो छ । अस्पतालले लकडाउनभन्दा तिन महिना अघिबाट नै तलब दिन छोडेको बताउदै पिडित कर्मचारीहरुले यो अस्पतालको बाध्यता भन्दा दमन गर्ने रणनिति भएको बताएका छन् ।
अग्रवालको मास्क कालोबजारी काण्ड
यीनै, श्री अस्पतालका संचालक राजेश अग्रवाललाई भर्खरै मात्र मास्क कालोबजारी गरेको कसुरमा वाणिज्य मोरङले ३ लाख जारिवाना गराएको थियो । चैत ९ गते, विराटनगरमै अग्रवालले संचालन गरेको श्री सर्जी इम्पेक्सबाट लुकाएर राखेको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क सरकारी अनुगमन टोलीले भेट्टाएपछि अग्रवाललाई जरिवाना गराईएको थियो ।
तर कानुनअनुसार अतिआवश्यक समान जम्माखोरी गर्नेलाई १० लाखसम्म जरिवाना र १ वर्षसम्म कैद वा दुवै हुने प्रावधान छ । उक्त मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा निहित छ तर कानुन अनुसार मोरङका प्रजिअले अग्रवाललाई हालसम्म दण्डित गर्न सकेका छैनन् ।
अग्रवालको पृष्ठिभुमि ( स्रोतका अनुसार )
करिब १५ वर्षअघि श्री सर्जी इम्पेक्स संचालनमा ल्याएसगै राजेश अग्रवालको भाग्य उदय भएको थियो । (१५ वर्षअघि) तत्कालिन समयमा सर्जिकल सामान बच्ने अरु कोही व्यापारी नभएकाले पुर्वक्षेत्रमा श्रीसर्जीको एक छत्र राज थियो ।
व्यापारमा एकछत्र राज भएकाले उही बेलादेखि नै सार्जिकल समानहरुको अधिक्तम मुल्य वृद्धि गरेर अग्रवालले अकुत अवैध धन आर्जन गरिरहेका थिए । ५/७ वर्षपछि सर्जिकल क्षेत्रमा अन्य प्रतिस्प्रधिहरु समेत बजारमा उत्रिएपछि अग्रवालको कालोधन्धाका बिस्तारै आरालो लाग्दै ठप्प नै भयो ।
अग्रवालको कालोधन्धा ठप्प भएपनि उनको कालो नियत भने कहिले पनि अन्त्य भएन । त्यसलगतै उनले पुर्वका सरकारी अस्पातलहरुमा कर्मचारीसँग सेटिङ गरी श्री सर्जीमार्फत सर्जिकल समानहरु पठाउन थाले । उनले सरकारी अस्पतालमा समेत लामो समयसम्म महंगोमा समान दिएर अकुत अवैध आर्जन गरे ।
राजेश अग्रवालले ति अवैध धनले विराटनगरमै श्री अस्पताल खोले । भनिन्छ नि, हरामको कमाईले कहिले आराम दिदैन । त्यस्तै नै भयो राजेश अग्रवालसँग पनि । उनले संचालन गरेको श्री अस्पताल विराटनगरमा खासै जम्न सकेन । र अस्पताल विस्तारै घाटमा जान थाल्यो ।
विरामीहरुसँग मनोमानी पैशा असुलन र अस्पतालमा आउने लफडाहरु मिलाउन अग्रवालले केही राजनितिक पृष्ठभुमी भएका गुण्डाहरु समेत अस्तालमा खटाएका थिए । अस्पतालमा परिचित डाक्टरहरु नियुक्त गर्नुपर्ने ठाँउमा गुण्डाहरु नियुक्त गरेपछि, स्थानीय स्थरमा अस्पताल बदनाम बन्दै गयो ।
अस्पताल चल्न छोडेपछि, अग्रवालले कोभिड १९को बेला पैशा कमाउने नँया जुक्ति निकाले । उनले ठुलो मात्रामा माक्स र सेनिटाईजरलाई स्टकमा राखी अभावको वेला पाँच गुणासम्म महंगोमा बेचेर कालोबाजरी गर्न थाले । मक्सको कोलोबाजरी गर्ने शिलशिलामै अग्रवाल चैत ९ गते ११ हजार थान मास्कसहित पक्राउ समेत परेका थिए । उक्त माक्स उनैले संचालन गरेको श्री सर्जि इम्पेक्सबाट भेट्टिएको थियो । अन्य गोप्य गोदामहरु समेत अग्रवालले अहिले पनि ठुलो मात्रामा माक्स स्टकमा राखेको स्रोत दावी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]