०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

तोरीतेल मुल्यवृद्धि गर्ने तरखरमा उद्योगीहरु

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

विराटनगर, जेठ २७
लकडाउनको मौका पारी उद्योगीहरुले तोरीको तलेमा मुल्यवृद्धि गर्ने तयारी गरिरहेका छन् । यसको मुख्य योजनाकार विराटनगरका चन्द्रशिव राइस मिलका संचालक नरेश राठी रहेको बुझिएको छ । मुल्यवृद्धिको षड्यन्त्रलाई अन्जाम दिन राठीले अहिले झुठो प्रचारबाजी समेत गर्दै छन् । उनले विभिन्न राष्ट्रय तथा स्थानीय मिडियाहरुमा भारतबाट आयत हुने तोरीदानामा १० रुपैयाँ प्रतिकेजीले मुल्य वृद्धि भएको बताईरहेका छन् । र तोरी पेलेर बाँकी रहने पिनाकोे मुल्य भने ५ रुपैयाँ प्रति केजीले घटेको बताएका छन् । विश्वसनीय स्रोतका अनुसार राठीले बताएजस्तो अहिले भारतमा तोरीको दानाको मुल्य न त बढेको छ न त पिनाको मुल्य नै घेटेको छ ।
“तोरीको दाना र पिनामा घटा देखाएर अहिले उद्योगीहरुले तोरीको तेलमा प्रतिलिटर २० देखि २५ रुपैयाँ वृद्धि गर्ने योजना बनाईरहेका छन् “स्रोत भन्छ “तोरीको दाना विदेशबाट आउने समान हो, जो कोहीले यसको यकिन मुल्य पत्ता लगाउन सक्दैन तसर्थ केन्द्र सरकार आफैनै चनाखो हुन जरुरी छ ।” तोरीको तेलको कृृतिम मुल्यवृद्धि गराउन राठी लगाएत पुरै एक तोरी उत्पादकहरुको समुह नै सक्रिय भएको स्रोत बताउँछ । उक्त समुहले अहिले देशभरीकै तेल उद्योगीहरुलाई तोरीको तेलमा मुल्यवृद्धि गर्न उक्साईरहेको स्रोत दावी समेत गर्दछ ।
राठीको स्वार्थ
राठीले नेपालको पुर्व क्षेत्रमा घैला ब्राण्डको तोरी तेलको उत्पादन गर्दै आएका छन् । सोही तेल उत्पादनको लागी राठीले २६ कनटेनर तोरीको दाना भारतबाट मगाएका छन् । हाल ति कनटेनरहरु भातरको कोलकत्ता बन्दरगाहमा छ । अब भारतबाट ति कन्टेरहरु आउन साथ तेलको दाम बढाउने तरखरमा राठी छन् । तोरी तेलमा प्रति लिटरमा २० रुपैयाँले मुल्यवृद्धि गरेर राठीले २६ कनटेनरबाट करिब डेढे करोड रुपैयाँ अतिरिक्त कमाउने योजना बनाएको स्रोत बताउँदछ । तेलको दाम सहजै वृद्धि गर्न सफल भए राठीले थप तोरीदानाहरु समेत मगाउने तयारी गरिहेका छन् । तेलको मुल्यवृद्धि गर्नैका लागी राठीले दानामा मुल्यवृद्धि भयो भन्ने झुठो अफवा नेपालमा फैलाईरहेको स्रोतको दावी छ ।
कार्टलिङ शुरु
नरेश राठी लगाएकको समुह हाल मुलुकका विभिन्न ठाँउ रहेका तोरीतेलको उद्योगीहरुसँग मुल्यवृद्धि गर्नेबारे छलफल चलाईरहेका छन् । सबै उद्योगीहरुले एकै स्वरमा कच्चा पदार्थ “तोरीदाना” को मुल्यवृद्धि भयो भन्ने हल्ला फैलाउने योजना समेत बनाएका छन् । सोही योजना अनुरुप नरेश राठीले अहिले राष्ट्रय संचारमाध्यमहरु झुठो प्रचार गरिरहेको छन् । यस विषयमा सरकारको यथासिघ्र ध्यान नगए नेपालमा केही दिनमै तोरीको तेलको मुल्य ह्वातै बढ्ने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]