१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

सदनभित्रै “फ्लाईङ किस” ! सांसदले मर्यादा नाघे वा नाघेनन् ? (भिडियो सहित)

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

विराटनगर, जेठ २७
प्रदेश १को संसदभवनबाट दिनदिनै संसदीय मर्यादा उल्घंनसँग जोडिएका घटनाहरु बाहिर आउन थालेका छन् । केही घटनाहरु सांसद आफैले घटाएका छन् भने केही घटनाहरु रहस्यमय छन् । जेठ २५ गते नेकपाका प्रदेश सासंद सर्वध्वज साँवाले प्रदेश सरकारको निति तथा कार्यक्रम उत्कृष्ट भएको भन्दै संसदमै “फ्लाईङ किस” दिएका थिए । संसाद साँवाको उक्त हर्कतले संसदीय मर्यादा नाघेको भन्दै अहिले समाजिक संजालमा आलोचोला भईरहेको छ । कतिपय प्रदेशका सांसदहरुले समेत साँवाको उक्त कार्यले सदनको मर्यादा नाघेको टिप्पणी गरेका छन् । तर “फ्लाईङ किस” दिदा संसदीय मर्यादा उल्घंन हुने वा नहुने भन्ने बारे प्रदेशसभा संचालन नियमावलिले स्पष्टसँग बोलेको छैन् ।

सभामा भेटियो लावारिस गुट्का (भिडियो सहित)
जेठ १४ गते, प्रदेशसभाको बैठक चलिरहेको बेला सभाहलकै भुँईमा गुट्काको प्याकेट देखापरेको थियो । प्रदेश १को सदन व्यवस्थापनले उक्त बैठक युटुवमार्फत लाईभ प्रसारण समेत गरेको थियो ।

गुट्का कसले ल्यायो र कसरी त्यहाँ आईपुग्यो भिडियोमा देखिएको छैन् । तर कसैको गोजीबाट उक्त गुट्का खसेको हुनसक्ने अनुमान गरिदै आएको छ । भिडियोमा उक्त गुट्खाको प्याकेट सांसद ज्ञानेश्वर राजवंशी कुर्सी छेउमा देखिएको थियो ।
चलिरहेकै बठैकभित्रै त्यसरी लवारीस अवस्थामा गुट्खा फेला परेपछि, अहिले सदनभित्र पालना गर्नुपर्ने मर्यादाबारे गम्भीर प्रश्न उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]