१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

सरिता गिरीको संशोधन प्रस्ताव आजै अस्वीकृत हुनसक्ने

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१
नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन नगर्न भन्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको प्रस्ताव आज बस्ने प्रतिनिधिसभाको बैठकले अस्वीकृत गर्ने तयारी गरेको छ । दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सासंद गिरी प्रस्ताव खारिज गर्न सक्ने अधिक्तम संभावना रहेको स्रोतले बताएको छ ।
केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग नेपालको नयाँ नक्सा जारी गरेको थियो । यही नँया नक्सालाई संवैधानिक मान्यता दिनका लागी सरकारले निशान छाप परिर्वतनको विधेयक संसदमा दर्ता गराएको थियो । नेपालको नँया नक्सा र सरकारले त्यसअनुसार बनाएको निशान छापको विपक्षमा उभिदै केहि दिन अघि मात्र सासंद गिरीले निशान छाप परिवर्तन गर्नु नहुने संसोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
उक्त प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशैभरि सासंद सरिता गिरीको आलोचना र विरोध भएको थियो । देशद्रोह गरको आरोप लगाउदै केहि युवाहरुले काठमाडौंमा रहेको सासंद गिरीको घर समेत तोडफोड गरेका थिए ।

सासंद गिरीआवद्ध समाजवादी पार्टीले समेत सरकाले ल्याएको निशानछपा परिवर्तन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आफ्नै पार्टिको निर्णयविरुद्ध गईसंसोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई समाजवादी पार्टिले कडा कारवाही गर्ने चेतावनी समेत दिइसकेको छ ।
सांसद सरिता गिरीको प्रस्ताव भौगोलिक अखण्डता विपरीत भएका कारण उक्त प्रस्ताव सभामुखबाट अस्वीकृत गराउने तयारी रहेको छ ।

सांसद सरिता गिरीको जन्म सनं १९६१ सालमा भारतको विहारको हाजीपुर/ सोनपुर जिल्लामा भएको हो । उनले प्लस टु ( तत्कालीन आइएससी) सम्म भारतबाटै अध्ययन गरेकी थिइन् । उनी वि.सं. २०३५को अन्त्यतिर नेपाल प्रवेश गरेकी थिईन । वि.स. २०३६ सालमा नेपालको लहन नगरपालिकाको वस्तीपुर निवासी लक्ष्ण गिरीसँग सासंद सरिता गिरीको बिवाह भएको थियो । श्रीमन लक्ष्मण गिरीको भने देहान्त भईसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]