०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

सासंद सरिता गिरीलाई पार्टिले स्पष्टीकरण सोध्‍ने; चित्तबुझ्दो जवाफ नआए कारवाही

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

काठमाडौं, असार ८
सासंद सरिता गिरीलाई उनकोे पार्टि समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । पार्टि ह्वीपविरुद्ध नेपालको नँया नक्सामा आपत्ति जानाउदै संशोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई पार्टिले स्पष्टिकरण सोध्ने भएको हो ।
केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । सोही नँया नक्सालाई संवैधानिक मान्यता दिनका लागी सरकारले निशान छाप परिर्वतनको विधेयक संसदमा दर्ता गराएको थियो । नेपालको नँया नक्सा र सरकारले त्यसअनुसार बनाएको निशान छापको विपक्षमा उभिदैसासंद गिरीले निशान छाप परिवर्तन गर्नु नहुने संसोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
सासंद गिरीआवद्ध समाजवादी पार्टीले समेत सरकाले ल्याएको निशानछपा परिवर्तन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । आफ्नै पार्टिको निर्णयविरुद्ध गई संसोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई समाजवादी पार्टिले कडा कारवाही गर्ने चेतावनी दिएको थियो । सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए सासंद र पार्टिबाट कार्यबाही गरिने पार्टि स्रोतले बताएको छ ।
सांसद सरिता गिरीको जन्म सनं १९६१ सालमा भारतको विहारको हाजीपुरर सोनपुर जिल्लामा भएको हो । उनले प्लस टु ( तत्कालीन आइएससी) सम्म भारतबाटै अध्ययन गरेकी थिइन् । उनी वि.सं. २०३५को अन्त्यतिर नेपाल प्रवेश गरेकी थिईन । वि.स. २०३६ सालमा नेपालको लहन नगरपालिकाको वस्तीपुर निवासी लक्ष्ण गिरीसँग सासंद सरिता गिरीको बिवाह भएको थियो । श्रीमन लक्ष्मण गिरीको भने देहान्त भईसकेको छ ।

सांसद सरितासँग संबन्धित विभिन्न भिडियोहरु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]