विराटनगर, साउन १६
विराटनगरस्थीत म्याक्स अस्पतालमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । बिहीबार विराटनगरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरले जनाएको छ । नँया संक्रमित एक पुरुष र एक महिलामा रहेको बताईएको छ । दुवैजना विराटनगर निवासी रहेकाे बताइएकाे छ ।
संक्रमित महिला विराटनगर – १५ निवासी हुन् । यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । संक्रमित मध्ये ३० जना उपचार भएर घर फर्कि सकेका छन् ।