विरटनगर, साउन ३०
✍सुजन दाहाल ( लेखक दाहल कारोना संक्रमित भएर निको भएका व्यक्ति हुन् )
कोरोना संक्रमित चितवनका डा. विश्वबन्धु बगालेलाई छिमकीहरुले ‘कोरोना संक्रमितको घर’ भन्ने फ्याक्स ब्यानर घर अगाडी राखिदिए । विश्वबन्धुले फेसबुक मार्फत् ‘यस्ता छिमेकी हुनु भन्दा नभएकै जाती सामाजिक बहष्कारको पिडा अरुलाई नपरोस’ भनी लेखे ।
देशका विभिन्न ठाँउमा कोरोना संक्रमितलाई बहिष्कार, तिरष्कार गरिएको छ । परिणामतः धेरै ठाँउमा आइसोलेसन÷क्वारेन्टाइन बसेर घर आएका मानिसहरुले आत्महत्या गरिरहेका तमाम दृष्टान्त्तहरु छन् । जुन दुर्भाग्यपूर्ण छ ।
कस्तो समाजमा छौ हामी ? नेपाली समाज कता जादैछ ? समाज विकासको कुन चरणमा छौ हामी ? नेपालीहरु कहिले सभ्य बन्ने हो ? कहिले वास्तविक मान्छे बन्ने ? भन्ने जस्ता तमाम प्रश्नहरुले चेतनशील नेपालीलाई भित्रबाट नै छाती पोलेको छ ।
व्यक्तिबादी स्वार्थका कारण आज मानिस समाजमा तल्लो स्तरको व्यवहार गर्नमा उद्येलित छ । मानव हुनुको यथार्य र वास्तविकतालाई भूलेर क्षणिक स्वार्थमा लाचार भै अरु माथी जस्तोे सुकै सामाजिक आक्रमण गर्न पछाडी पर्दैन ।
सुजन दहाल:भिडियाे विषलेषण
मानवीय मूल्य र आदर्शलाई भूलेर लल्लो स्तरको व्यवहारमा मानिस उत्रिदा कोरोना संक्रमित र उसको परिवारले मानसिक यातना भोगिरहनु परेको छ ।
कोरोनाको कारण भन्दा संक्रमण पछि समाजमा पुनस्र्थापित हुन नसक्दा कयौले आफ्नो अमूल्य जीवन अनाहकमा मृत्युमा परिणत गरेका छन् । समाजले ठिक ढंगबाट कोरोना संक्रमितसंग व्यवहार गर्न नसक्दा धेरै निर्दोषहरुले आफ्नु इहलिला समाप्त पारेका छन् ।
म कोरोना संक्रमित भए । म संक्रमित हुँदाका बखत कोभिड आइसोलेसन हस्पिटलमा बेड खाली थियो । म नौ दिन सम्म बसे र ठिक भएर घर फर्किए । अहिले क्रमशः कोरोना संक्रमितको संख्या निकै नै उच्च गतिमा बढेर गएको छ । जसले गर्दा कोभिड हस्पिटलको बेड क्षमताले भ्याएन र आपत आइलाग्यो ।
‘आफू नमरी स्वर्ग देखिदैन’ भने झै आफू संक्रमित नभई संक्रमित हुँदाको मानसिक पिढा थाहा हुदैन । तर कम्तिमा आफूलाई बौद्धिक र शिक्षित हुँ भन्नेले अनुभूति गर्न सक्नु पर्ने हो । म पनि संक्रमित पूर्व कोरोनाको भ्रममा रहेछु । आफू संक्रमित भए पछि कोरोनाको बारेमा धेरै कुरा बुझे ।
कोरोना हल्ला गरेको जस्तो त्रसिद हुनु पर्ने रोग हैन । कोरोनाले मात्र कोही पनि मर्दैन । यो एउटा सामान्य फयू मात्र हो । सरकारले नै कोरोनालाई यति न हल्ला ग–यो । आम मानिस भ्रम र त्रासमा बाँचिरहेका छन् ।
जताततै कोरोना कोरोना भनिएको छ जसले गर्दा आम मानिसको मन मष्तिकमा कोरोनाप्रतिको मनोविज्ञान यति गहिरियो कि अव सत्य कुरा आए पनि मानिसले नपत्याउन बेर छैन ।
म संक्रमित भएर निको भै सकेको नाताले भन्छु कि कोरोनालाई सहज रुपमा लिउ । डर र त्रासमा नबाँचौ । कोरोनाले युवालाई केही हुदैन । कोरोना संक्रमित संग सम्मानित व्यवहार गरौ ।
अहिले कोराना संक्रमितको संख्या बढदै गए पछि कोभिड हस्पिटलमा बेड अभाव भएकाले संक्रमितहरु आ–आफ्नो घरमा बसिरहेका छन् । घरमा नै आइसोलेसनमा सुरक्षितसंग बस्नु नै सवै भन्दा राम्रो हो । उत्तम विकल्पमा रहेर संक्रमितले आफ्नो घरमा नै स्वास्थ्यलाभ गर्नु कुनै अपराध होइन ।
एक घर भित्र सुरक्षितसंग संक्रमित बसेको छ भने छेउको छिमेकीलाई तुरुत्तै सर्ने हुदैन । यसमा सवै ढुक्क भए हुन्छ । बुझेर वा नबुझेर संक्रमितहरुलाई छर छिमेकीबाट दुव्र्यवहार भइरहेको छ । जुन दुर्भाग्य हो । दुःखको बेला त छरछिमेकले संक्रमित र उसको परिवारलाई सकेसम्मको सहयोग गर्नु पर्छ ।
सामाजिक दुर्वव्यवहार अति भयो भने संक्रमितले गलत बाटो रोज्न सक्छ । आफूलाई र शिक्षित पढे लेखेको भनी नाक घोक्राउने अनि व्यवहार चाँही अति दुर्गममा बस्ने अशिक्षित, गवार र असभ्य नागरिकले जस्तो गर्ने ?
कल्पना गरौ शिक्षितहरु बसोवार गर्ने क्षेत्रमा त कोरोना संक्रमितलाई निकृत्ट र तल्लो स्थरको व्यवहार गरिन्छ भने देशका दुर दराजका संक्रमितले कति सामाजिक अपहेलना र विभेद सहनु परिरहेको होला । कल्पना मात्र पनि गर्दा कहाली लाग्छ ।
कोरोना संक्रमितलाई कोरोनाले मरिन्छ कि भन्दा समाजले मार्ला कि भनेर डराउनु पर्ने अवस्था आयो । संक्रमितलाई स्वास्थ्यको भन्दा ठूलो समस्या समाज र सामाजिक व्यवहारको भयो ।
कोरोना संक्रमितलाई उपचार गर्ने भन्दा संक्रमितको गाँउ शहरका मानिसलाई सामाजिक उपचार गर्नु पर्ने अवस्थाको सिर्जना हुदैछ ।
कोरोनाको औषधी छैन भन्ने मनोविज्ञानले मानिस आंतकित छ । कोरोनाको बारे मानिस अहिले पनि यति धेरै भ्रममा छ कि हरेक पल कोरोना भन्दा बाहेक केही सोच्न नसक्ने भयो ।
कोरोनाको बारेमा सत्य कसैलाई थाहा छैन । सत्य थाहा नपाउदा भ्रम उत्पन्न हुन्छ । जुन भ्रमले स्वयम मानिसलाई नै खान्छ ।
सरकारले आइसोलेनमा बसेर फर्किएकालाई स–सम्मान समाजमा पुनस्र्थापना गर्ने तर्फ ध्यान दिएन । समाजमा समाजशास्त्रिय चेतनाको पनि विस्तार हुन सकेन । मानिसहरु पनि कोरोनाको यथार्थ खोज्ने तर्फ लागेनन् ।
कोरोनाको बारेमा जति बुझे कम नै बुझे । ‘असत्य कुरा पनि एक सय पटक भन्यो भने सत्य हुन्छ’ भन्ने सिद्धान्त अनुरुप कोरोनाको भ्रम व्याप्त भयो । परिणामतः अहिलेको सामाजिक विचलन संक्रमित र उसको परिवारले भोगी रहको छ ।
हरेक संक्रमित र उसको परिवार सामाजिक दुर्वव्यवहारका कारण डिप्रेसन, पिर, चिन्ता, डर र त्रासमा छन् । सरकार वा स्थानिय निकायले सामाजिक घुमिल गराउन नसक्दा समाजमा दुर्घटनाको जोखिम बढेको छ ।
रोग लाग्नु कुनै अपराध हैन । तर समाजमा संक्रमितले अपराधी झै व्यवहारको सामना गर्नु परेको छ । संक्रमित र उसको परिवारलाई छिः छिः दुरदुर गरिएको छ । संक्रमितलाई माया, ममता, हिम्मत, आट र हौसला आवश्यक पर्ने बेला समाजले आँखा तरेर हेरिरहको छ । संक्रमितलाई हेलाको भावले हेरिएको छ । समाजले संक्रमितलाई अमानवीय व्यवहार गरिरहेको छ ।
संक्रमित माथी गरिने अमानवीय र निकृष्ट व्यवहार २१ औं शताब्दीको कालो धब्वाको रुपमा हाम्रो समाज छ । मानिस म शिक्षित, सभ्य र चेतनशील छु भन्छ र घमण्ड गर्छ ।
तर समाजमा असामाजिक व्यवहार गर्छ । त्यसैले शिक्षित भएर समाज सभ्य हुदैन । चेतनाले मात्र समाज आदर्श र सभ्य बन्न सक्छ ।
संक्रमितलाई असल व्यवहार गरौ । समाजका सवै सदस्य जिम्मेवार बनौ । संक्रमितको मनोवल उच्च राख्न सहयोग गरौ ।
आफूलाई संक्रमण भए कस्तो हुन्छ भन्ने कुराको अनुभूति गरी सोही अनुसार अर्को संक्रमितलाई व्यवहार गरौ । छरछिमेकमा आदर्श छिमेकीको परिचय दिउ । घरमा कोही भाडामा बस्छन् भने आदर्श घरबेटीको व्यवहार गरौ ।
अरुलाई कोरोना लागो भनेर काखी नहल्लाए हुन्छ । भोली आफ्नो पालो आउन सक्छ । त्यसैले अर्कोलाई दुःख्दा आफूलाई दुख्ने सामाजिक चरित्र निर्माण गर्नु पर्छ ।
संक्रमितलाई अपहेलित गरेर नकारात्मक बाटो तर्फ उन्मुख गराउनु हुदैन । कोरोना संक्रमितलाई कसरी सकारात्मक विचार, उच्च आत्मबल, हौसला र प्रेरणा प्रदान गर्न सकिन्छ त्यता तर्फ चिन्तन गर्नु पर्छ