विराटनगर, पौष ०२
शिवचन्द्र राईस मिल विराटनगरका संचालक उद्योगी हरिवंश राठीको समुहले कार्टिलिङ गरेर तोरीको तेलमा व्यापाक मुल्यवृद्धि गरेको खुलासा भएको छ । उद्योगी राठीको नेतृत्वमा मुलुकका ठुला तेल उत्पादकहरुले आम जनताको ढाड सेक्ने गरी तोरीको तेलमा मुल्यवृद्धि गरेपनि प्रशासन तथा नियामक निकायहरु भने कृतिम मुल्यवृद्धि बारे बेखवर छन् ।
मुल्य वृद्धिको शिलशिला……….
राठीको समुहले तिहारसम्म १ सय ७० रूपैयाँ प्रतिलिटरमा कारोबार भएको तोरीको तेल एक्कासी तिहारपछि वृद्धि गरी २ सय ५ रूपैयाँसम्म पु¥यायो । यस्तो शिलशिला चलिरहदा पनि प्रशासन बेखबर र जनता चुपचाप रहेको थाहा पाएपछि यो समुहको मनोबल अझैं बढ्दै गयो । यो समुहले फेरी करिब दुई हप्तायता २ सय ५ रूपैयाँको तोरीको तेलमा मूल्यवृद्धि गरी प्रतिलिटर दुई सय २० रूपैयाँ पु¥याईदियो ।
एक महिनाभित्र ३० रुपैयाँसम्म तोरीको तेलमा वृद्धि………
सुनसरी मोरङ औद्योगिक करिडोरमै उद्योगीहरूको कार्टिलिङका कारणले बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले वृद्धि गराएको खुद्रा व्यवसायीहरूले समेत बताएका छन्।् । उद्योगीहरूले यो एक महिनाको अवधिमा मात्र तोरीको तेलको भाउ प्रतिलिटर २० देखि ३० रूपैयाँसम्मले वृद्धि गराएको जानकारी खुद्रा व्यवसायीले दिएका छन् ।
उद्योगीले आफ्ना होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराएका छन् । खुद्रा व्यापारीले पनि बढेको मूल्य कायम गरी तोरीको तेल बिक्रिवितरण गर्न थालेपछि उपभोक्ताहरूले हाल मँहगोमा तेल किन्नु परेको छ ।
पुरानो तोरीबाट उत्पादित तेलकाे नँया दाम……
अन्तर।ष्ट्रिय बजारमा एक हप्ता अगाडि मात्र तोरीको दानामा थोरै मूल्यवृद्धि भएको र उक्त तोरीको दाना नेपाल आउन करिब तीनदेखि चार महिना लाग्ने स्रोतले बताएको छ । सोही तोरीको दानामा भएको मूल्यवृद्धिको बहानामा अहिले राठीको समुहले तोरीको तेलमा मुल्य वृद्धि गरिरहेको छ ।
मुल्यवृद्धि भएको दाना नआउदै पुरानै तोरीको दानाबाट उत्पादित तेलमा मूल्यवृद्धि गर्नु नियोचित नभएको उक्त क्षेत्रको जानकारहरुको समेत भनाई रहदै आएको छ ।
यही मौकामा उद्योगी राठीले महिनौँअघि उद्योगमा प्याकिङ अवस्थामा राखेका तेलको भाउ समेत वृद्धि गरी बिक्रिवितरण गर्न थालेका छन् । प्याकेटमा पुरानै एमआरपी भए पनि उद्योगीका होलसेलरले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको गुनासो पनि खुद्रा व्यवसायीहरूले गर्न थालेका छन् ।
मुल्यवृद्धिको मास्टर डिजाईनर राठी……..
यी सवै कृतिम मुल्यवृद्धिको मास्टर डिजाईनर शिवचन्द्र राइस मिलका संचालक हरिबंश राठी रहेको गोप्य स्रोतले जानकारी दिएको छ । शिवचन्द्र राइस मिलले घैला ब्राण्डको तोरीको तेल, चामल तथा अन्य खाद्यान्यहरु उत्पादन गर्दै आएको छ ।
लकडाउन र विभिन्न बाहानामा कच्चा पदार्थमा मुल्यवृद्धि भएको र कामदारको लागत समेत बढको लगाएतको अनेकन बाहाना गर्दै राठी जस्ता उद्योगीहरुले दिनदहाडै आम नेपाली उपोभोक्तलाई मुर्ख बनाउदै आएका छन् । लकडाउन पश्च्यात नियामक निकायले प्रयाप्त मात्रामा बजार तथा उद्योगको अनुगमन नगर्दा, खातापाता चेकजाच नगर्दा र उद्योगीको आयत लागतको लेखजोखा नगर्दा उद्योगी मुल्यवृद्धि गर्न मौका पाउदै आएका छन् ।
नियामक निकायले खोजपड्ताल गरोस् वा नगरोस् तर आम नेपाली उपोभोक्ताले यस्ता ठगहरुको उत्पादनलाई बहिस्कार गरेर समाजिक दण्ड दिन जरुरी देखिएको छ ।