विराटनगर, माघ ७
विराटनगरमा संचालित अमन हार्डवेयरले कराेडौंको राजस्व छली गरेको खुलासा भएको छ । उक्त हार्डवेयरको संचालक राजेन्द्र अग्रवालले न्युन बिक्रि विवरण बुझाएर भ्याट र आयकर बापत तिनुपर्ने करोडौं रुपैयाँ छली गर्दै आएको स्रोतको दावी छ ।
अग्रवालले गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ करोड मात्र कारोबार भएको फर्जी विवरण बुझाएका थिए । स्रोतका अनुसार अग्रवालले बुझाएको विवरण पुर्ण करोवारको आधा मात्र हो । अग्रवालले अधिकांश ग्राहकलाई भ्याट बिल नदिएर कारोबार लुकाउने गरेको स्रोतको दावी छ । गत आर्थिक वर्ष अग्रवालले भ्याट बापत डेढ करोड र आयकर बापत ७० लाख भन्दा बढी छली गरेको स्रोतले जानकारी दिएको छ । प्राप्त तथ्याङ्क अनुसार अमन हार्डवेयरका संचालक राजेन्द्र अग्रवालले गत आर्थिक वर्षमा मात्र २ करोडभन्दा बढीको राजस्व गपला गरेको देखिन्छ ।
राजस्व छलीको उस्ताद हुन् अग्रवाल
राजेन्द्र अग्रवालले राजस्व छली गरेको यो पहिलो पटक होइन, यस अघिको आर्थिक वर्षमा पनि अग्रावलले यसै गरी राज्यको कर छली गर्दै आएको स्रोत बताउँछ । अग्रवालद्धारा संचालित अमन हार्डवेयर २०५६ सालमै आन्तरिक राजस्व कार्यलय विराटनगरमा भ्याटमा दर्ता भएको थियो । करिब २० वर्षअघिबाटनै भ्याटमा दर्ता भई कराबार गर्दै आएको अग्रवाल राजस्व छल्न पोक्त भईसकेको स्रोत बताउँछ । यस २० वर्षको अन्तरालमा अग्रवालले राज्यको अर्बौ रुपैयाँ कर छली गरिसकेको स्रोतको ठम्याई छ ।
तत्काल छानविन आवश्यक
अग्रवालले कर छल्नकाे लागी अधिकांश काराेबारमा भ्याट लुकाउने गरेकाे स्राेत बताउँछ । यस्तो अवस्थामा राज्यले तत्काल उक्त हार्डवेयरको अडिट रिर्पोट र स्टकबारे छानविन गर्नुपर्ने जानकारीहरुको भनाई छ । अमन हार्डवेयरको गोदाममा तत्काल शिलबन्दी गरी सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिई छानविन गरे सत्यतथ्य बाहिर आउने जानकारीहरुले सुझाव समेत दिएका छन् ।