विराटनगर, माघ २६
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।