काठमाडौँ , माघ २६
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १७ र २७ गते हुने पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।
मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोही दिन निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।