काठमाडौं , माघ २७
सामसङका एस २१ यस२१, एस२१ प्लस तथा एस२१ स्मार्टफोनहरु नेपालमा सार्वजानिक भएको छ ।
उक्त फोनहरुमा हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीले जनाएको छ । सो फोनहरु आधुनिक डिजाइन , इपिक प्रो ग्रेड क्यामरा भएको हुने बताइएको छ ।
एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामराको आविष्कारको साथ अगाडि बढाएको छ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस एआईद्वारा सञ्चालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ ।
एस२१ अल्ट्रामा क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध छ । जुन अपग्रेड भएको १०८ एमपी क्यामेरा साथ आउँछ ।