काठमाडौं, फागुन ७
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखलाई पदमुक्त गरिएको जनाइएको छ ।परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । माओवादी टुक्रीए पछी उनी मोहन वैद्य समुहमा समेत केही समय थिए । त्यसपछी उनी नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा पनि केही समय रहेका थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।