काठमाडौं, माघ ९
पुर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई पुनः ओली समूहमा फर्किएका छन् । दम्पतीय जिवन समेत बिताइरहेका तामाङ-राई जाेडी नेकपा दुई समूहमा विभाजित भए सँगसगै सुरुमा ओली समूहमा थिए । ओली समूूहमा एक दिन मात्र बैठक बसी उनीहरु प्रचण्ड–माधव समूहतर्फ जाेडिन पुगेका थिए । अहिले पुनः उनीहरुले ओली तिर फर्किने निधो गरेका छन् ।
तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पार्टि विभाजन भए लगतै राईलाई पनि ओली समूहबाट केन्द्रिय सदस्य प्रस्ताव गरिएको थियो ।