०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

विराटनगर, फागुन ९
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश भएको हो ।
प्रचण्ड–माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कानुनी रुपमा पार्टी नफुटेको भन्दै ओली पक्षले सदनमा अवरोध सिर्जना गरिरहेका थिए ।
तर आज बसेको बैठकले अविश्वासको प्रस्ताव पारित गरेको छ । प्रचण्ड माधव समूहका सासंद ईन्द्र आङ्बोले सो प्रस्ताव पेश गरेका थिए । सो बैठकमा ओली समूहका सासंदहरुले उपस्थिती जनाएनन् ।
प्रदेशसभाको अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]