विराटनगर ,फागुन १०
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको साधारण सेयर ( आईपीओ ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि ६ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले कुल पुँजीको ३० प्रतिशत बरावरको आईपीओ बिक्री गर्न लागेको छ । एनएनबि क्यापिटल कम्पनीको सेयर बिक्री प्रबन्धक रहेको छ ।