२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

औषधी व्यवस्था विभाग विराटनगरका एक कर्मचारी २ लाख नगद सहित रंगेहात प्रकाउ :सिनियर कर्मचारीहरुको समेत संलग्ता भएको आशंका

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

विराटनगर ,फागुन १३
औषधी व्यवस्था विभाग कार्यालय विराटनगरका मेडिकल सुपरभाइजर सरोज सुवेदी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई दुई लाखसहित विराटनगर ३ दुधफारमबाट रंगेहात पक्राउ गरेको हो । त्यहाको एक स्थानिय होटलमा सेवाग्राहीसँग नगद दुई लाख बुझ्दै गर्दा सुवेदी रंगेहात पक्राउ परेका हुन ।
स्रोतका अनुसार सुवेदीलाई आफ्नै कार्यलयको एक सिनियर कर्मचारीले घुस बुझ्न पठाएको बुझिएको छ । उक्त प्रकरणमा कार्यलयका सिनियर कर्मचारीहरुको संलग्नता र सन्जाल रहेको स्रोत बताउँछ ।
सो विषयमा र्कायलय प्रमुख सन्जीब कट्टेलसगँ फोन सम्पर्क गर्न खेज्दा उनीसगँ सम्पर्क हुन सकेन । यस अघि पनि विराटनगरको औषधी विक्रिवितरणमा भईरहेको विकृतिको बारे पत्रकारहरुले सम्पर्क गर्न खोज्दा कट्टेलले “कहिले काठमाडौं छु, कहिले आज व्यवस्थ छु” भन्दै टार्दै मात्र आएका थिए । त्यसर्थ विराटनगरमा भईरहेको यस प्रकारको विकृतिमा कतै हाकिमकै त हात छैन भन्ने जिज्ञासा अहिले जनमानिसमा उब्जिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]