विराटनगर ,फागुन २३
प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपराह्न चार बजे बस्ने भएको छ ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिए पछि संसदको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । जस लाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।