विराटनगर फागुन २४
आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार नेपालको संविधानमा व्यवस्था गरेको छ । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा सरकारले बढी जोड दिने उदेश्यका साथ नारी दिवस नेपालमा मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरका नेपाल सरकारले सार्बजनिक विदा समेत दिएको छ ।