०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्ने ७ उद्योग विरुद्ध मुद्दा दर्ता

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

विराटनगर, चैत्र २
चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले आइतबार विराटनगरमा दोस्रो चौमासिक समिक्षा गोष्ठि गर्दै हालसम्मको प्रगति सार्वजानिक गरेको हो ।
लेवल नलगाई खाद्यवस्तु तथा गुणस्तरहिन खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले मुद्दा दर्ता गरिएको हो ।
विराटनगर– ९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योग , बालाजी डेरी उद्योग , बालाजी टेडिङ्ग एण्ड कन्सर्न ले न्यून गुणस्तरको घ्यू उत्पादन गरेको भन्दै उक्त उद्योगहरुका सन्चालकहरु विरूद्ध मोरङ अदालतमा अभियोग दर्ता गरिएको थियो ।
विराटनगर–४ शिवम् डेरी उद्योगले अस्पष्ट लेबल विवरण गरेको भेटिए पछी उद्योगका संचालक विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा १० हजार रुपैयाँ जरिवना मागदाबी राखि अभियोग दर्ता गराएको थियो । त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसियन फिड्स प्रालिले उत्पादन गर्ने कुखुराको दाना गुणस्तरहिन भेटिएपछि उक्त कम्पनी विरूद्ध जरिवना र कैद सजायको माग दावी राखेर अभियोग दर्ता गरिएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधी भित्रमा १ सय ४३ वटा उद्योग निरीक्षण गरेको विभागले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]