२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा कोशी अस्पतालको नाम दुरुपयोग

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

विराटनगर, चैत ६
कोशी अस्पतालमा कार्यरत्त केही डाक्टरहरुले आफ्नो प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा समेत कोशी अस्पतालको नाम प्रयोग गर्ने गरेको पाईएको छ । अस्पतालमा करार नियुक्ति पाएका ति डाक्टरहरुले सरकारी संस्थाको नामको दुरुपयोग गरी विरामीलाई झुक्याउने काम गरिरहेको पाईएको हो ।
झट्ट हेर्दा कोशी अस्पतालकैजस्तो देखिने त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको हुन्छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।
यसरी बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् ।
गरिब तथा निमुखा घरपरिवारका विरामीहरु सरकारी अस्पतालमा सस्तो तथा उत्कृष्ट चिकित्सय सेवा पाउने आशका साथ डाक्टरलाई सम्पर्क गर्ने गर्दछन् । तर डाक्टर भने डाकाको स्वरुप धारण गरेर कसरी हुन्छ बिरामीलाई लुट्नुपर्छ भन्ने धेयका क्लीनिक खोलेर बसेका हुन्छन् ।
सरकारी अस्पतालको नाम प्रयोग गरेर प्राईभेट किल्नीक चालउने .ठगीधन्धा भईरहदा समेत सरकारका नियामक निकाय भने बेखबर रहेको छ । त्यस्ता डाक्टर र क्लीनिक संचालकलाई खोजी खोजीे कारवाही गर्नु जरुरी देखिएको छ ।
यस विषयमा खबरदारी निरन्तर जारी रहनेछ : जनचर्चा डटकम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]