०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

इटहरीका खाद्य स्टोरहरुमा छापा, चारलाई कारवाही

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

विराटनगर , चैत्र ११
वाणिज्य कार्यालयको नेतृत्वमा इटहरी उपमहानगरपालिका तथा इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलिले इटहरीको बिभिन्न खाद्य बस्तुको स्टोरमा मंगलबार छापा मारेको छ ।

छापा मार्ने क्रममा भारतमा उत्पादन भएका खाद्य बस्तु अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने गरेको पहीएपछी उक्त कार्यमा सम्लग्न बिभिन्न चार फर्मलाई वाणिज्यले जरिवाना समेत गराएको छ । वाणिज्यले ति फर्महरुलाई १० हजार सम्म जरिवाना गराएको छ ।

कारवाही पर्नेमा इटहरीको माँ नवदुर्गा सप्लायर्स, पी.डी.सप्लायर्स, भट्टराई स्टोर र राम किराना पसल रहेका छन् । यी पसलहरुमा भारतबाट अवैध रुपमा पैठारी गरिएको बिस्कुट, लेज, कुरमुरे, डेरी मिल्क, हल्दिराम भुजिया बिक्री गर्ने गरेको पाइएको थियो ।
उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिलबिजक देखाउन नसकेको आरोपमा जरिवाना गराइएको वाणिज्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]