२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

कोशी अस्पतालमा लगाएको फोन कसरी पुग्छ प्राईभेट क्लीनिकमा ?

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

विराटनगर, चैत १२
विराटनगरका स्वस्थ्य क्लीनिकहरुले कोशी अस्पताल र डाक्टरको नाम दुरुपयोग गरी विरामीलाई झुक्याउने गरेको पाईएको छ ।
उनीहरुले आफ्नो क्लिनीकको भिजिटीङ कार्डमा कोशी अस्पतालमा कार्यरत्त डाक्टर र कोशी अस्पतालको नाम दुरुपयोग गरेर विरामीलाई झुक्याउने गरेका छन् ।

झट्ट हेर्दा कोशी अस्पतालकै अफिसियल भिजिटिङ कार्ड जस्तो देखिने गरी निजी क्लीनिक संचालकले फर्जी कार्ड छपाएका हुन्छन् । त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको हुन्छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।

बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् । कार्डको नम्बरमा सम्पर्क गर्ने विरामीलाई मनोवैज्ञानिक प्रभाव पार्ने गरेको उनीहरुको झाँसामा परेका विरामीहरुले बताउने गरेका छन् ।

कोशी अस्पतालको आसपासमा विभिन्न नाम गरेका क्लीनिक संचालन गर्दै आएका विकाश सरदारले त्यसै गरी फर्जी भिजिटिङ कार्ड बनाई बिरामी झुक्याउदै आएको खुलासा भएको छ । स्वास्थ्य क्षेत्रमा हुने विभिन्न खाल्को अपराधिक क्रियाकलापमा समेत मुछिदै आएको सरदारले विरामी ठग्नको लागी यो नयाँ जुक्ति अपनाएका छन् । सरदार वराम्वार यस्तो विवादमा मुछिदै आएकाले उनले आफ्नो क्लीनिकको नाम र संचालन गर्दै आएको ठाँउमा पनि बेला बेला फेरीरहन्छन् ।

गरिब तथा विपन्न घरपरिवारका विरामीहरु सरकारी अस्पतालमा सर्वसुलभ सेवा लिनको लागी डाक्टरलाई सम्पर्क गर्ने गर्दछन् । फोन निजि क्लिनीकका संचालकले उठाएर विरामीलाई गुमराह बनाउने गरेका छन् । विपन्न र आर्थिक अवस्था कम्जोर भएका यस्ता विरामी एकातर्फ गुणस्तरीय सेवाबाट बञ्चित हुन्छ भने अर्को तर्फ आर्थिक नोक्सानीमा पर्ने गर्छ ।
सरकारी अस्पतालको नाम प्रयोग गरेर प्राईभेट किल्नीक चालउने ठगीधन्धा भईरहदा समेत सरकारका नियामक निकाय भने बेखबर रहेको छ । त्यस्ता क्लीनिक संचालकलाई खोजी खोजीे कारवाही गर्नु जरुरी देखिएको छ ।

याे पनि पढ्नुहाेस् : बिरामी ठग्दै विराटनगरका प्राइभेट क्लीनिक : अनुगमन शुन्य

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]