०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

मोरङ प्रहरीको अनुरोध : घरमै बसेर होली मनाऔं

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

विराटनगर , चैत्र १५
जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न देशहरुमा बढी रहेको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै घरमै होलि मनाउन आग्रह गरेको छ । सार्वजानिक क्षेत्रमा हुने भीडभाड नगरी होलि खेल्न प्रहरीले अनुरोध गरेको हो ।
यस पटकको होलिमा प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरेर मात्र होलि खेल्न दिने भएको हो । आवश्यक परेको खण्डमा क्विक रेस्पोन्स टोलि समेत परिचालन गर्ने प्रहरीले जनाएको छ । साथै सार्वजानिकस्थलमा अभद्र र असभ्य व्यवहार देखाउनेहरुलाई नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन समेत गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसका साथै मादक पदार्थ तथा लागु औषध खाएर हिडेको पाइएमा कारवाही गर्ने प्रहरी जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]