काठमान्डौं , चैत्र १७
सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गराईएकाे छ ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितकाे नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । उनी सँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।
सर्वोच्च अदालतले फागुन २३ गते दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने भनेकाे थियो ।