काठमाडौं, श्रावण २८
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागी भिसा उपलब्ध गराईदिनु भन्दै अमेरिकी दुतावासमा आवेदन दिएका थिए । तर दूतावासले भीसा दिन अस्वीकार गरेको सन्दिपले ट्वीट गर्दै बताएका छन् ।
उनले ट्वीट गर्दै अंग्रजी भाषामा भनेका छन् ‘ मैले राष्ट्रि खेलाडीको रुपमा २०१६ देखि नै विश्वभरि विभिन्न लिगहरु लेख्दै आएको छु, मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ’
आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।