०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

कोभिडको जेखिम रहेका स्थानमा मात्र विद्यालय बन्द गर्न प्याब्सन आग्रह

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

विराटनगर,चैत्र २९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले विद्यालय बन्द हुने समाचार आउन थालेपछि निश्चित विद्यालय मात्र बन्द गर्न सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ को कारण गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाब परेकाले विद्यालय बन्द गर्नु मात्र रोकथामको उपाय नभएको सुझाव दिएको हो ।
प्याब्सनले अत्यन्त आवश्यक भएको स्थानका विद्यालयमा वा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको छ । अनलाईनबाट पठ्नपाठनमा ५० प्रतिशत क्षेत्र मात्र समेट्न सक्ने भएकाले स्वास्थ्य सावधानीका मापदण्डका साथ विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
त्यस्तै प्याब्सनले बालबालिकाहरुलाई कोभिड–१९को संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजरको प्रयोग, सामाजिक दुरीको पालना गर्न समेत अभिभावकहरुलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]