१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

हेलिकप्टरमा पाथीभरा : दैनिक एक सय रुपैयाँमा

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

विराटनगर, चैत ३१
धरान होलिडेज प्रालिले दैनिक एक सय रुपैयाँको किस्ताबन्दिमा धरानदेखि पाथीभरा मन्दिरसम्मको हेलिकप्टर यात्रा गराउने योजना ल्याएको छ ।

उक्त किस्ताबन्दीको योजनासहित आगामी वैशाख ५ गतेबाट धरानबाटै पाथीभरा मन्दिरसम्मको हेलिकप्टर उडान सुरु गर्न लागेको धरान होलिडेजले जनाएको छ ।

धरानका कुनै पनि सहकारीमा सदस्य रहेका व्यक्तिले दैनिक १ सय रुपैयाँको किस्ताबन्दीमा पाथीभरा जान पाउने कम्पनीले व्यवस्था मिलाएको छ । त्यसका लागी धरानको अधिकांस सहकारीहरुसँग कुराकानी भईसकेको धरान होलिडेजका संचालक कविन श्रेष्ठले जानकारी दिए ।

उक्त किस्ताबन्दिमा कुनै पनि प्रकारको बियाजीे समेत नलाग्ने कम्पनीले जनाएको छ । सो योजना विराटनगर तथा ईटरीमा समेत ल्याउने कम्पनीले तयारी गरिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।   धौलागिरि हिमालमा पहिले […]

ताप्लेजुङ,दिलकुमार लिम्बू पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको […]

विराटनगर  कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् । सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको […]