२८ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

कच्चा पदार्थको अभाव, २२ मास्क उद्योग बन्द

नेपालमा अभाव हुँदापनि रोकिएन भारततर्फ निर्यात
Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

विराटनगर, वैशाख १५
मास्क बनाउन चाँहिने कच्चा पदार्थको अभाव हुँदा नेपालका २२ मास्क उद्योग बन्द हुन पुगेका छन् । मास्कलाई कानमा अड्याउने डोरी र मास्कको भित्री भागमा प्रयोग हुने व्याक्टेरीया फिलटर पेपर (मेलबन)को अभाव हुँदा यँहाका उद्योगहरु बन्द हुन पुगेको हो ।

माक्समा प्रयोग हुने डोरी र मेलबन पेपर भारतबाट नेपाल आयत हुने गर्दछ । तर पछिल्लो समय भारतमै मास्कको खपत बढेपछि सो कच्चा पदार्थहरु नेपाल भित्रिन छोडेका छन् । सोही कारण अहिले नेपाली बजारमा डोरी र मेलबन पेपरको सर्टेज भएको छ ।

दास्रो चरणको कोभिड १९को लहर बढेसँगै नेपाल भारतमा एकएका माक्सको माग अत्याधिक बृद्धि हुन पुगेपछि दुवै देशमा मास्कको आभाव हुन थालेको छ । मास्क उत्पादकहरुको तदर्थ संगठन माक्स एशोसिएसन अफ नेपालले कच्चा पदार्थको अभावको कारण नेपालका अधिकांस मास्क उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिएको छ । एशोसिएसनका एक सदस्य सरोज खड्काले डोरी र मेलबन पेपरको अभावको कारण २२ मास्क उद्योग बन्द भईसकेको बताए । अब केही दिन भित्रै डोरी र मेलबन पेपर सहज रुपमा उपलब्ध नभए ९० प्रतिसत मास्क उद्योग बन्द हुने अवस्थामा पुग्ने खड्काको भनाई छ । नेपालभरि कुल ७० वटा मास्क उद्योग रहेको एशोसिएसनले जानकारी गराएको छ ।

त्यस्तै एशोसिएसनकै आर्का सदस्य नविन रिजालले पनि डोरी र मेलबोन पेपरको अभावबारे जनचार्चा डटकमलाई जानकारी गराएका छन् । रिजाल भन्छन् “डोरी र मेलबन पेपरको एकदमै आभाव छ, सिमित विक्रेतासंग केहि मात्रामा डोरी र मेलबन पेपर छ, जुन एकदमै चर्को मुल्यमा खरिद गर्नु परिरहेको छ ।” उनले थपे “चर्को मुल्यमा भएपनि हामी मास्क उत्पादकहरुले उपलब्ध भएसम्म डोरी र मेलबन पेपर खरिद गरिरहेका छौं, अब केहि दिनपछि त्यो पनि पाईने छाटकाट छैन् ।”

नेपालमा अभाव हुँदापनि रोकिएन भारततर्फ निर्यात

नेपालमा मास्कको अभाव भईरहदा पनि नेपालका केही उद्योगी तथा व्यापारीहरुले भारततर्फ मास्क निर्यात गरिरहेको स्वदेशी विक्रेताहरुले गुनासो गरेका छन् ।
नेपालमै अत्याधिक मास्क उत्पादन गर्ने हिमगिरी मास्क उद्योगले नेपालका विक्रेतालाई मास्क दिन छोडेर भारततर्फ मास्क एक्सपोर्ट गरिरहेको स्वदेशी विक्रेताहरुको गुनासो छ ।
हिमगिरी मास्क उद्योगले औरा ब्राण्डको मास्क तथा सेनिटाईजर नेपालमा उत्पादन गरिरहेको छ । हिमगिरीका मास्क उद्योगका संचालक विराटनगरका उद्योगी प्रकाश मुण्दडा हुन् । उनी व्यापार संघ मोरङका बाहलवाला अध्यक्ष समेत हुन् ।
भारतमा मास्कको मुल्य नेपालमा भन्दा बढी पर्ने भएकाले संचालक मुण्दडाकै निर्देशनमा औरा ब्राण्डका माक्सहरु भारततर्फ एक्सपोर्ट भईरहेको स्रोत बताउँछ । मास्क जस्तो अत्यावश्यक स्वास्थ्य सुरक्षाको समाग्रीहरु स्वेदशमै अभाव हुँने गरी विदेश निर्यात गरिनु राज्य विरुद्धको अपरोध हुने जानकारहरु बताउँछन् । उक्त विषयमा संबन्धित निकायले आवश्यक छानविन गर्न जरुरी देखिएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]