०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

विराटनगरमा भोला गुट्खाको व्यापक कालोबजारी

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

विराटनगर, वैशाख १६
विराटनगरका होलसेल व्यापारीहरुले भोला गुट्खा लुकाएर व्यापक कालोबजारी गरिरहेको खुलासा भएको छ । आगामी दिनमा हुनसक्ने लकडाउनलाई मध्यनजर गर्दै होलसेलरले गुट्खा लुकाएर बजारमा कृतिम मुल्यवृद्धि गरीरहेको खुल्न आएको छ ।

उद्योगबाट २१२ रुपैयाँ प्रति प्याकेटमा वितरण भईरहेको भोला गुट्खा बुधवार विराटनगर बजारमा ३ सय ५० रुपैयाँमा बिक्रि भईरहेको भेटिएको छ । २ सय ५० रुपैयाँमा खुद्रा व्यापारीले सहजै पाउनु पर्ने गुट्खा अचाकली प्रति प्याकेटमा १ सय रुपैयाँ बृद्धि गरेर होलसेलरले बेचीरहेको पाईएको छ । सोही कारण उपभोक्ताले प्रति पाउँच ५ रुपैयाँमा खरिद गर्नेे गुड्खालाई अहिले ८ रुपैयाँ तिर्नुपर्ने बाध्यता आएको छ ।

होलसेलरबाट नै महंगोमा गुट्खा आएकोले बाध्य भएर आफुहरुले मुल्यवृद्धि गर्नु परेका खुद्रा व्यापारीहरुको भनाई छ । उता भोला गुट्काको डिलरले भने आफुहरुले पुरानै रेटमा गुट्खा दिईरहेको तर होलसेलरले गुड्खा अनावश्यक स्टकमा राखी गुट्खाको कृतिम मुल्यवृद्धि गरेको बताएको छ ।

भोला गुट्खाको उत्पादक श्रीराम टोब्याको उद्योगले पनि गुट्खाको मुल्यमा कुनै पनि प्रकारको फेरबदल नगरेको बताएको छ । र तत्काल मुल्यवद्धि गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट समेत पारेको छ । आगामी दिनमा लकडाउन भएपनि उद्योग संचालनमा रोकतोक नगर्ने सरकार र उद्योगीहरु विच सहमति भएकाले गुट्खाको अभाव उद्योगले हुन नदिने बताएको छ ।
तसर्थ मौकाको दाउछोपी कलोबजारी गर्ने होलसेलरलाई प्रशासनले छानीछानी कारवाही गर्नु जरुरी देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]