काठमाडौं, वैशाख २०
राष्ट्रिय जनगणना २०७८ स्थगित गरिएको छ । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने भनिएको जनगणना सरकारले तत्काललाई स्थगित गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
माहामारीको बेला घरघरमा पुगेर जनगणना गर्न सम्भव नहुने निस्कर्षसहित सरकारले जनगणना तत्काललाई स्थगित गरेको छ ।
यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि स्थगित भईसकेको छ ।