के तपाई पनि आफ्नो बालबालिकाको प्रतिभा जनचर्चा डट कमकाे बाल-प्रतिभामा पोष्ट गर्न चाहनु हुुन्छ ?
चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नहोस् ।
ईमेल : [email protected] ( कविता, कथा, गित यसै इमेलमा पठाउन सक्नु हुनेछ )
फोन : 9812349000 ( भिडियाे अडियो पठाउनु परेमा कल गर्नुहाेस् )
दाहालकी छोरी हुँ म रासुदा हो नाम ।
लिलिपुटको विद्यार्थी हुँ पढ्ने मेरो काम ।।
भए म नौ बर्षकी, पढछु कक्षा तीनमा ।
केही बेर खेल्छु, नाँच्छु, पढछु म दिनमा ।
कोरोनाले गर्दा खेरी छ मेरो स्कूल बन्द ।
स्कुलबाट अनलाईन कक्षा हुन्छ सधैभरी धन्न ।।
साथीभाई संग मेरो थियो प्रेम गाढा ।
कोरोनाले गर्दा साथी भए आज टाढा ।।
कोरोनाबाट बच्नलाई घर बाहिर नजाऔ ।
जानै परे बाहिर फेर समाजिक दुरी कायम गरौ ।
मान्छे देख्दा भिडभाडमा मास्क लगाउनु पर्छ ।
नत्र भने हामी जस्ता नानीलाई कोरोना सर्न सक्छ।।
बाहिर पुगी आएपछि हात धुनु पर्छ ।
नत्र भने सेनिटाइजर प्रयोग गर्नु पर्छ ।।
आफु बाँच्नु अरुलाई बचाँउनु मानवको धर्म ।
कोरोनाबाट बाँच्नलाई सवैले राम्रो गरौ कर्म ।।