०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

बिल आउँछ, पानी आउँदैन

प्रमुख शैलेन्द्र शाहसँग उपोभोक्ता रुष्ट
Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

दिनेश खड्का
विराटनगर, श्रावण २९
नेपाल खानेपानी संस्थान, विराटनगर शाखासंग अहिले यहाँका आम–उपोभोक्त रुष्ट छन् । महिनौ दिनदेखि घरको धारामा पानी आउन छोडेपछि उपोभोक्ताहरु संस्थानसंग रुष्ट बनेका हुन् । पानीको आभवका कारण हाल विराटनगरका विभिन्न ठाँउका उपोभोक्ताहरुले आफ्नो दैनिक जिवन कष्ठकर ढंगले चलाईरहेका छन् ।
विराटनगरको विभिन्न ठाँउमा अहिले सडक निमार्ण र खानेपानी पाईपीङको काम भईरहेको छ । सडक निमार्णका क्रममा जडान् भंग गरिएका र भत्किएका धेरै ठाउँका पानीको पाईपहरु अहिले मर्मत भईसकेका छन् । महिनौ दिनअघि पाईपीङको काम सम्पन्न भईसकेका ठाउँहरुमा समेत अझसम्म पानी आउन नसकेको उपोभोक्ताहरुको गुनासो छ । मर्मत भईसकेका पाईपहरु खानेपानी संस्थानले समयमै उपभोक्ताको घरसम्म नपु¥याई दिदा धारामा पानी नआएको उनीहरुको भनाई छ ।
विराटनगर शनीहाट निवासी ज्ञानेन्द्र पराजुलीको घरमा करिब ३ महिना देखि पानी आईरहेको छैन् । उनको घर अहिले कोशी एफएमले लिजमा लिएको छ । एफएमका एक कर्मचारी भन्छन् ‘धारामा करिब ३ महिनादेखि पानी आईरहेको छैन्, बिल भने नियमित आईरहेको छ’ उनले थपे ‘पानी नै नआएपनि न्युनतम महशुल १ सय १० रुपैया तिर्नै पर्छ र तिर्दै पनि आएको छौं’ । खाने पानीको विक्लप नहुदा अहिले सबै कामकाजको लागी जारको पानी चलाईरहेको ती कर्मचारीको भनाई छ ।
त्यस्तै विराटनगर ६ का अस्थाई निवासी सुरेश महतोले पनि पानीको कारण आफुले समस्या भोग्नु परेको बताउछन् । उनी भन्छन् ‘मेरो डेरा तेस्रो तल्लामा छ, पहिलो तल्लामा पानी आउछ, दोस्रो तल्ला आए जस्तो मात्र गर्छ, तेस्रो तल्लामा एक थोपो पानी आउदैन् ।’
एक्त विषयमा खानेपानी विराटनगरका प्रमुख शैलेन्द्र शाहले पानी तान्ने पम्प कमजोर भएकाले पानीको फोर्स नपुगेकोे हुनसक्ने प्रतिक्रिया दिएका छन् । उनीले भने ‘हामी पुरानै पम्पलाई मर्मत गरी चलाईरहेका छौं नयाँ पम्प किन्ने बजेट छैन्, पानी आउदैन भने उपोभोक्ताले अब विकल्प खोज्नुपर्छ ’ ।
यस्तो गैर–जिम्मेवारीपुर्ण जवाफ आएपछि अहिले उपोभोक्ताहरु खानेपानी विराटनगरका प्रमुख शैलेन्द्र शाहसँग रुष्ट छन् । पम्प कम्जोर भए मर्मत गर्न अथावा नयाँ पम्प जडान गर्न दाबाव दिदै आएपनि खानेपानीको प्रमुखले आनाकानी गर्दै कुरा टार्ने गरेको उपोभोक्ताहरुको गुनासो छ ।
यस बाहेक पनि बेला बेला फोहर पानी आउने, पानीको साट्टो हावा मात्र आउने र समयतालिका अनुसार पानी समेत नआउने विराटनगरवासीले गुनासो गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]