काठमाडौं, असाज २१
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला गरेको छ । यो व्यावस्था लागु भएसँगै अब जुनसुकै सार्वजनिक सवारी रुट परमिट विनै देशभर जहाँ पनि जान सक्नेछन् ।
दशैंमा विभिन्न शहरहरुबाट गाँउघर फर्केनहरुले सहजरुपमा सावारी साधान पाउँन् भन्ने उद्देश्यले विभागले उक्त व्यवस्था तत्कालको लागी लागु गरेको हो ।
विभागले नेपालीको दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो । यसै सार्वजनिक सवारीले जुनसुकै क्षेत्रभित्र प्रवेश गर्दा समेत पटके कर तिर्नु नपर्ने समेत व्यावस्था मिलाएको छ ।