३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सात सयमा दुई जोर जुत्ता : जुत्ता–मेला विराटनगर

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

विराटनगर, पुष ९
विराटनगरको भाटभटेनी छेउमा जारी जुत्ता–चप्पल मेलामा विभिन्न आर्कषक अफरहरुको साथ स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि भईरहेको छ ।

हाल जाडोको मौसमलाई लक्षित गर्दै मेलामा  ७ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता बिक्रिकाे लागी राखिएकाे छ । त्यसैगरी मेलामा सहभागी जुत्ता कम्पनीहरुले विभिन्न मोडलका जुत्ताचप्पलमा ६० प्रतिशतसम्म छुट दिएका छन् ।

जाडो मौसममा अति विपन्न वर्गका व्यक्तिहरुले समेत न्यानो जुत्ता किन्न सकुन भन्ने उद्देश्यका साथ विभिन्न ब्राण्डको न्यानो जुत्ताहरुमा विषेश छुट एवं आकर्षक स्किमहरुको व्यवस्था मिलाईएको आयोजक मण्डलले बताएको छ । उक्त जुता मेला विभिन्न स्वेदेशी चप्पल जुत्ता कम्पनीको अधिकारीक बिक्रेताहरुको समूहले विराटनगरमा आयोजना गरेका हुन् । पुष २ गतेबाट शुरु भएको उक्त जुत्ता चप्पल मेला मसान्तसम्म संचालनमा रहने बताईएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]