०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

विराटनगर, पुष १८
करेन्ट चाउचाउको कार्टुनभित्र ५०लाख रुपैयाँ लुकाईछिपाई गरि विराटनगरबाट काठमाडौं पु¥याउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडों आएको एक जहाजमा उक्त स्रोत नखुलेको रकमसहित ति महिला प्रकाउ परेकी हुन् । पक्राउ परेकी महिला सौर्य एयरलाईन्सकी कर्मचारी रेखा शाक्य पोखरेल रहेको बुझिएको छ । उनी एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रहेकी छिन् ।

प्रहरीले पाएको गोप्य सूचनाको अधारमा शनिवार दिउसो विराटनगरबाट त्रिभुवन विभानस्थल काठमाडौं ओर्लिएकी शक्याको रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्घोष भएको नपाइएको प्रहरीको भनाइ छ । पक्राउ परेकी शाक्यलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएका छ ।

प्रहरीले हालसम्म शुराकको रुपमा करेन्ट चाउचाउको कार्टुन मात्र फेला पारेको छ । पुर्वक्षेत्रमा राम्रो बजारपकड बनाएको करेन्ट चाउचाउ र उक्त स्रोेत नखुलेको रकमको बिच कुनै कनेक्सन छ वा छैन भन्ने विषयमा थप अनुसन्धान हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]