दिनेश खड्का
विराटनगर, माघ १५
मोरङ व्यापार संघको ३३ औँ कार्यसमितिका अध्यक्षमा नविन रिजाल चयन भएका छन् । बिहीबार बसेको ३३ औँ कार्यसमितिको पहिलो बैठकले नवीन रिजालको अध्यक्षतामा नयाँ पदाधिकारीहरू चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह चुनिएका छन् । त्यसैगरी संघको सचिवमा सन्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया आएका छन् ।
गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहबाट पदाधिकारी तथा सदस्य छनोट गरिएको हो । त्यसबाहेक पनि संघमा थप ७ जना सदस्य मानोनित गरी यसपटक २३ जनाको कार्यसमिति बनाईएको छ ।
संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियां, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई, रहेका छन् ।
अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा आमन्त्रित सदस्य बनाईएको छ ।