काठमाडौं , माघ १६
आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका सत्तारुढ गठबन्धन अन्तत जेठमै चुनाव गर्न तयार भएका छन् । चौतर्फिदबाव आएपछि सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरुले फागुनमा चुनाव गर्ने मनस्थिती फेरेको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठ भित्र निवार्चन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिदै छ । त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन आयोग पनि सरकारलाई दबाव दिँदै आएको छ ।