१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

सखुवाप्रसौनी गाउँपालिकामा अक्ष्यक्ष र उपाध्यक्षबीच कुटाकुट

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

काठमाडौं, फागुन २४
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । आईतबार ८ औं गाउँसभाबारे जानकारी माग्दा अक्ष्यक्ष सहित वडाअक्ष्यक्षको समूहले आफुमाथि हातपात गरेको उपाध्यक्ष फुलमति चौधरीले आरोप लगाएकी छन् ।

अक्ष्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्ष चौधरीले नै आफुमाथि पानीको बोतलले आक्रमण गरेको दावी गरेका छन् । अक्ष्यक्ष जैसवालले सोमवार पत्रकार सम्मेलननै गरी उपाध्यक्षले गरेको दुव्र्यवहार बारे खुलासा गरेका थिए ।

उता उपाध्यक्ष चौधरीले आईतवारनै आफुमाथि अक्ष्यक्षको समूहले कुटपिट गरेको आरोप लगाईसकेकी छिन् । जैसवालले आफु अध्यक्ष भएको दम्भ देखाउदै बलजफतले उपाध्यक्षको अधिकार बारवार खोस्दै आएको चौधरीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]