०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

सेयर मार्केट अझै केही समय ओरालै

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

विराटनगर, फागुन २५
नेपाली सेयर बजार अझै केही समय ओरालो लाग्ने संभावना देखिएको छ ।
हाल बजारमा पैशाको अभाव छ । न व्यापारीसँग पैसा छ न त बैंकसँग नै ।

को संग छ त पैसा ?
स्थानीयतहको चुनाव नजिकिदै छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न व्यवसायमा लगानी गरेका नेताहरु अहिले मुठ्ठी कसेर बसेका छन् । उनीहरुसँग भएको पैसाँ रिलिज हुन अझै केही समय लाग्ने छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेलाई तोकिएको छ । टिकट फाईनल नभएसम्म उम्मिदवारहरुले पैशा झिक्नेवाला छैनन् । चुनावी प्रचार प्रसारले गतिलिन थालेसगै नेपाली बजारमा पैसा छरिन थाल्छ । अनी मात्र बजारमा पैशाको अभाव हराउँछ । तर नेताको ढिकुटी उघ्रन अझै चानचुन एक महिना जति लाग्छ र त्यतिन्जेल बजारमा पैशाको अभाव नै खड्किने छ ।

यो बेलासम्म सेयर मार्केट उकलो लाग्ने संभावना निकै न्युन छ । उकालो लागे पनि धेरै ठुलो अंकले बजार माथि जादैन । सेयर मार्केटका ठुला लगानीकर्ताहरु समेत अहिले ‘‘वेट एण्ड वाच” को अवस्थामा छन् । चुनावले सेयर बजारमा पार्ने असरका बुझेका ख्याक लगानीकर्ताहरुले दुई साता अघिनै अधिक्तम सेयर बेची उत्तानो परेर सुतिरहेका छन् ।

ब्याज बढ्दै सेयर घट्दै
बजारमा पैशा अभाव हुँदा उद्योगी तथा व्यापारीहरु पैशाको खोजीमा भौतारी रहेका छन् । उनीहरु बैंंकलाइ मोटो ब्याजदर दिएर ऋण उठाउन तयार छन् । तर दुरभाग्यबस यतिबेला बैंकसँग पनि पैसा छैन् । त्यहि भएर बैंकले पनि निक्षेपकर्तालाई मोटो ब्याज अफर गर्दै निक्षेप गर्न अनुरोध गरिरहेको छ ।
देशका प्रतिष्ठित बाणिज्य बैंकहरुलेनै अहिले १२ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज अफर गरिरहेका छन् । अर्कोतर्फ फिनान्सले १५ प्रतिशत र सहकारीले १८ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज अफर गरिरहेका छन् । सोही कारण यतिबेला सेयरका ख्याक लगानीकर्ताहरु डुब्ती सेयर मार्र्केटलाई छोडर बैंकमा सर्ट टर्म डिपोजिट गर्न रुचाईरहेका छन् ।

अब के गर्ने ?
सेयरमा लगानी गर्न चाहनेहरुले यतिबेला चुप लागेर बस्ने समय हो । बैंकमा सर्ट टर्म डिपोजिट गर्नु अथवा साधारण सेभिङबाट ब्याज खादँै बस्नुनै अहिले सेयर लगानीकर्ताको लागी उपयुक्त देखिएको छ । करिब चैतको अन्तिमबाट मात्रै नेपाली सेयर बजारले गतिलिन सक्ने जनचर्चा डट कमको प्रक्षेपण छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]