०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

मेलामय विराटनगर

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

निरज बस्नेत
विराटनगर, चैत ६

चैत्र महिना मेलामय रुपमा परिणत हुने निश्चित छ । शनिबारबाट विराट राजवंशी महोत्सव सुचारु भएको छ । यो महोत्सव १५ चैत्रसम्म गरेर ११ दिनसम्म चल्ने छ । त्यस लगतै १८ चैत्रदेखि २६ चैत्रसम्म ट्रेड एक्सपोले विराटनगर गुल्जारमय बन्ने छ । लामो समयसम्म विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण थिलथिलो बजार धेरै हदसम्म दुई ठुलठुला महोत्सवले सबैलाई आहत बाट राहत तर्फ लैजाने छ ।
विराटनगरका नगर प्रमुख भिम पराजुलीले राजवंशी पहिरन लगाएर मेलाको समुद्घाटन गरे । विराटनगर ५ जागृति टोलमा आयोजना मेला स्थलमा ५० भन्दा बढी किसिमका स्टल रहेका छन् । मेलामा प्रख्यात गायक एवं गायीका मेलिना राई प्रमोद खरेल शिव परियार प्रकाश सपुत ज्योति मगरको बेजोड प्रस्तुती रहने छ । कार्यक्रमको उद्घाटन सत्रमा मन्त्वय व्यक्त गर्दै मेयर पराजुलीले विराटनगर नगरक्षेत्र संस्कृति परम्पराको धरोहर रहेको बताए । नगरक्षेत्रको विभिन्न जातजाति र समूदायको उत्थान तथा हकहितका लागी आफू सधै तयार रहेको समेत बताए ।
विराट व्यापार संघको आयोेजनामा हुन लागेको भव्य महोत्सवको तयारी जोडतोडका साथ चलिरहेको छ । संघका अध्यक्ष नविन रिजालको विषेश पहलमा एसिडोम मेलामा २ सय २१ स्टल रहने छन् । मेलामा आकर्षणका रुपमा दुबईको बुर्ज खलिफा, लण्डन ब्रिजलाई प्रतिकात्मक रुपमा खडा गरिने छ । राष्ट्रियस्तरका कलाकारको साथमा ४ बजेबाट ९ बजेसम्म दैनिक सास्कृतिक कार्यक्रम हुनेछ । फेसन शोले कार्यक्रमलाई थप रमाईलो बनाउने छ । ५० करोड बढीको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]