१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

प्रहरीकै मिलेमत्तोमा विराटनगरमा यौनधन्दा फस्टायो

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

✍ निरज बस्नेत
विराटनगर, चैत ११

विराटनगरकाे कुनै ठाँउमा एक मदिराजन्य होटल छ जहाँ प्रहरीकै मिलेमत्तोमा यौनधन्दा भईरहेको पाईएको छ । सबैकी भाउजु नामले परिचित एक महिला प्रहरीसँगको मुख्य–साठगाँठमा यौनको व्यापार चल्दैछ त्यहाँ ।

त्यस होटलमा जो कोही जाँदा यो थाहा हुन्छ कि मदिराजन्यको साथमा यौनधन्दा व्यापार पनि राम्रैसंग फस्टाएको छ । तर प्रहरीकै संरक्षण रहेकाले त्यस होटलमा हतपत्त कसैले रेड हान्दैन । त्यस होटलका संचालकलाई पूर्वसूचना दिने केहि प्रहरीहरु नै भएकाले अनुगमनमा जाँदा पनि हत्तपत केही फेला पार्नसक्ने अवस्था रहदैन ।

त्यस होटलभित्रै संभोग (सेक्स) गर्न चाहने ग्राहकले एकपटकको १ हजार देखि २५ सय सम्म तिर्नुपर्ने हुन्छ । त्यति पैशामा होटलले नै केटी र क्यावीनको व्यवस्था मिलाईदिन्छ । आठ देखि १५ हजारसम्म तिर्दा रातभरको लागी होटलबाटै केटी लान पाईने व्यवस्था मिलाईएको छ । होटलका पुराना ग्राहकहरुले भने फोन सम्पर्कमा नै कुरा मिलाई रातभरीको कार्यक्रम फिक्स समेत गर्ने गरेका छन् ।

यौनधन्दालाई संरक्षण गरेवापत प्रहरीले दक्षिणा सहित दारु–मासु पाउने गरेका छन् । पुरुष प्रहरीले भने संरक्षण गरिदिए वापत यौन प्यास समेत निशुल्क मेट्ने अवसर पाउँदछन् ।
यौन क्रियाकलापलाई केही मुठ्ठी भरका प्रहरीले दिएको संरक्षणको कारण अहिले पुरै प्रहरी संगठन बदनाम भईरहेको छ । यस्ता संरक्षककर्ताहरुको नेटवर्कलाई मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले तोड्नु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]