निरज बस्नेत
विराटनगर, वैशाख २२
३८ वर्षिया नौजवान ठिटो बिराटनगर ११ का जसपाबाट उम्मेदवारी दिएका गणेश कुमार साहको जित हुनेप्रति वडावासी उत्साहित बनेका छन् । व्यवसायी ,नेता, समाजसेवीको मिश्रण छवि बनाएका साहको व्यक्तित्व जति सफल छ । त्यति नै उदाहरणीय छ ।
विश्वव्यापी महामारीको रुपधारीत कोरोनाकालमा साहको प्रयासले वडावासीमा शान्तिको सास फेर्न जति सजिलो भएको थियो । त्यति नै मात्रामा उनको अथक मिहिनेतले समस्त वडावासीको उर्जाको संचार पैदा गर्न सफल भएको थियो । खाना, लत्ताकपडा देखी आफ्नो भौतिक शरीर संगै तन, मन, धनको उनको समिश्रणले वडावासीमा एकप्रकारको आरामको भावना एकीकृत भएको थियो । अनेक सँगसंगठनमा आबद्धता भएका साह मनकारी प्रवृतिका छन् । कसैको दुख देख्न नसक्ने उनी सकेको सहयोग गर्न कहिल्यै पछि हट्दैनन् ।
७४ को चुनावमा एमालेका तिर्थेन्द्र न्यौपानेले बाजी मारेको यस वडामा यो पाली साहको निकटतम प्रतिद्धन्द्धी उनै न्यौपाने नै भएको वडामा आवाज सुनिन्छ । तथापि साह आफु जित्नेमा ढुक्क छन् । कांग्रेस, एमाले, राप्रपाका असन्तुष्ट खेमाको भोट आफै पाउने दाबी साहकाे छ । जसका कारण विजयको घण्टि बज्न अब धैरै समय कुर्नु पर्नै छैन । वडा अध्यक्ष ५ बर्ष हुदा तिर्थेन्द्रको कामकार्वाही आफ्नालाइ पोस्ने मात्र थियो ।
यसैको फाइदा साहको पोल्टामा जान सक्छ । कांग्रेसले राम्रो उम्मेदवार नदिएका कारण, त्यस्तैगरी राप्रपाको वडामा चार्म नै देखिदैन । यहि मेसोमा साहको विजयरथ अब टाढा नरहेको वडावासी बताउँछन् । ब्याचलर उतीर्ण साहको पढाइ अब्बल दर्जाको छ । बिराटनगर नै जन्मथलो त छदैछ । उनको यो ७ औं पुस्ता हो । हिपमत , नागरिक एफ.एम. लगाएतका संचारगृहमा सहयाेगीकाे भुमिकामा काम गरेको अनुभव पनि उनको छ ।
आम संचारकर्मी संगको घनिष्ठतता त छदैछ । उनका अन्य सदस्यहरुमा , देवराज सापकोटा, सहदेव सहनी, अनीतादेवी पासवान(दलित), एवं उर्मिलादेवी सहनी सहितको दह्रो टिम छ । यहि टिमका साथमा यस वडामा साहको प्यानल नै विजयी हुने दावी छ । ११ हजार बढी जनसंख्या भएको यस वडामा ७ हजार ९ मत छ । यसमा ५ हजार जति मत खस्ने पूर्वानुमान छ । १ हजार ५ सय मत आउदा वडाअध्यक्ष जित्ने सुनिश्चित हुन्छ । वैश्य समाजको २ हजार ३ सय मत छ । पहाडे समुदायको ३ हजार छ । डुम जातिको २ सय, सहनीको ५ सय लगायत अन्य छन् । युवा लक्षित कार्यक्रममा जोड, शिक्षा, स्वास्थ्य, सरसफाइमा मुख्य फोकस साहको छ । शासक होइन सेवक बनी वडाको सेवा गर्ने साहको धोको छ ।