बिराटनगर, जेठ ६
निरज बस्नेत
२० बर्ष अगाडी लुनियाको सानो कपडा–पसल जैन भवन नजिक थियो । हंसराजले भारतबाट थान कपडा नेपालमा आयात गर्थे । यताउति सानोतिनो व्यापार जसोतसो चलाईरहेका थिएँ । लगतै छोरा पारस लुनियाको अगुवाईमा खनार(अहिले इटहरी १२¬) डुमरटोकामा अरिहन्त प्याकेजिंग कार्टुन उद्योग संचालनमा ल्याएँ । यस उद्योगको लागि चाहिने पेपर किलोमा आउँछ तर कार्टुन विक्री प्रति गोटा हुन्छ । यो कार्टुन उद्योग देशकै ठूलो कार्टुन उद्योग हो ।
यसको ५ बर्षपछि अरिहन्त आईरन उद्योग नेमुवामा खुल्यो । हंसराजका अर्का छोरा गिरिश लुनियाले यस उद्योगको कमाण्ड सम्हालेका छन् । यस उद्योगबाट जिआई वायर, स्टीच वायर, ब्याण्डिंग तार, काटी तार लगायत उत्पादन हुन्छ । तत्पश्चात संगसंगै रियल स्टेटको कामले उँचाई छोयो । गिरिशकै अगुवाईमा बुढिगंगा गाउँपालिका भित्रै महालक्ष्मी वायर एण्ड केवुल खुल्यो ।
समयक्रमसंगै अरिहन्त होलिडेज, अरिहन्त बिराटनगर काठमाडौं बस चल्यो, तर यो दुई कामले पैसा फलाउँन सकेन । आज होलिडेज र बसको काम बन्द छ । भुमि प्रशासन चोक शिक्षा दिप कलेज संगै रहेको आलिसान सेतो बंगला यहि लुनिया परिवारकै हो । आजको दिनमा २ सय कर्मचारी र १ हजार मजदूर लुनिया कम्पनिमा कार्यरत छन् ।
सरसर्ती हेर्दा यो दुई दशकको अवधिमा लुनिया परिवारले आज कम्तिमा अरबांै बढि सम्पति कमाएको देखिन्छ । दिन दुई गुणा रात चौगुणा सम्पति आर्जन भईरहनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । २० बर्ष अगाडीको सामान्य कारोवारी आज यति छोटो समयमा कसरी अकुत सम्पतिको मालिक भयो त प्रश्न जटिल छ ।
नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसंगको सामिप्यता हुनु, औंला उठाउन खोज्नेहरुको मुख बन्द गर्न सफल हुनुपनि सम्पति वृद्धिको कारण हुनसक्छ भन्नेको मत बढ्दै गईरहेको छ । यसअर्थमा वास्तविकतामा सम्पतिको लेखाजोखा हुनु जरुरी छ ।