विराटनगर,जेठ १५
सरकारले अगामी आर्थिक वर्ष २०७९।८० को लागी बजेट आज सार्वजनिक गर्दैछ । अपराह्र चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्ती जनार्दन शर्माले बजेट विवरण प्रस्तुत गर्ने छन् ।
यस पटकको बजेटमा सरकारले कर्मचारीको तलब बढाउने र वृद्धभता पाउने उमेर घटाउने तयारी गरेको बताईएको छ । वृद्धभता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने विषयमा प्र.म. देउवाले यसअघि पनि धैरै पटक बोलिसकेका छन् ।
तर देशमा आर्थिक संकट चुलिएको हालकोे अवस्थामा यसअघि प्र.म देउवाले भनेझैं सबै प्रतिबद्धता पुरा हुनसक्ने अवस्था देखिदैन् ।